नेपाल–भारत मैत्रीपूर्ण क्रिकेट शुरु

महेन्द्रनगर,३० असोज
कञ्चनपुरको भीमदत्तनगरमा बिहीबारदेखि नेपाल–भारत मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा कञ्चनपुरको क्रिकेट टिम र भारतको मुम्बै क्लबको टिम प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बिच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशील वैद्यले उद्घाटन गर्नुभयो ।


आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघका जिल्ला अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता अवधीभर दुवै टिमबिच दुई पटक टी–२० र तीन वटा एक दिवसीय खेलमा प्रतिस्प्रर्धा हुने आयोजकले जनाएको छ ।
अध्यक्ष चन्दले क्रिकेटको विकास एवं खेलाडीहरुमा निखार ल्याउन मैत्रीपुर्ण प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here