32.9 C
Mahendranagar

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • 6
    Shares

महेन्द्रनगर,२९ असोज
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ बर्षीय बलदेव बोहराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
बुधबार दिउँसो बोहरालाई जंगली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहका प्रहरी सहायक निरीक्षक महादेव पन्तले बताए । घरदेखि जंगलको बाटो भएर बाणीतर्फ जादै गरेका बोहराको घटना स्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही सातायता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीले नोक्सान पु¥याउदै आएको छ ।

  • 6
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...