महेन्द्रनगर,२८ असोज
कञ्चनपुरको बेदकोट नगरपालिका वडा–८को कार्यालय भवनको शिलन्यास गरिएको छ ।
मङ्गलवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले हिन्दु धार्मिक परम्परा अनुसार वडा कार्यालयको चार कोठे भवनको शिलान्यास गर्नुभएको हो । भवन निमार्णका लागि शिव शंकर डेभलपर संग ५८ लाखमा पुस मसान्त भित्र निमार्ण सम्पन्न गर्ने गरि सम्झौता गरिएको बेदकोट नगरपालिकाका ईन्जिनियर शतिस शाहीले जानकारी दिए । वडा कार्यालयको तिन कोठा र एक सभाहल निमार्ण हुन लागेको हो ।
बेदकोट नगरपालिकाले चालु आर्थिक वर्षमा १ र ८ वडा कार्यालय भवनको निर्माण सम्पन्न गर्ने जनाएको छ । नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि वडा कार्यालयहरुको आफ्नौ सुविधा सम्पन्न भवन निमार्ण गर्न लागेको जनाएको छ ।
वडा कार्यालय भवनको शिलन्याश
- 106Shares

- 106Shares