32.9 C
Mahendranagar

कञ्चनपुरमा धान उत्पादन घट्ने अनुमान

  • 7
    Shares

महेन्द्रनगर,२८ असोज
सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस बर्ष धान उत्पादनमा कमी आउने भएको छ ।
सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाँइमा भएको ढिलाई लगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र भीमदत्तनगरा निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको बताए ।उनले यहाँ किसानहरुले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताउनुभयो ।
गत वर्ष कञ्चनपुरमा १ लाख ५० हजार २८ मेट्रिक टन र कैलालीमा ३ लाख ५९ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको भट्टले बताउनुभयो ।
कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानहरुले आवश्यता अनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन् ।
यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसानहरु भ्ने निराश छन ।
कञ्चनपुर र कैलाली गरी ९ सय ६८ किसानहरुले यहाँ करिब २ सय ७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन ।
“ढिलो गरी बाला आएकोले किसानहरुले धान फल्नेमा आशा मारिसकेका छन ।” उनले भने–“हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौं ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताउनुभयो ।
“अरुले धान भित्र्याएर आलु खेती गर्ने तयारी गर्दैछन ।” चौधरीले भने–“यो पाली गरिमा जातको धानले डुबाउने भयो ।”

  • 7
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...