32.9 C
Mahendranagar

नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर

  • 4
    Shares

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  होटल सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय वार्ता  वार्तापछि  १७ समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

 सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन्।हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका  विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ।

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।  शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो। आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए। 

  • 4
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...