32.9 C
Mahendranagar

चिनियाँ राष्ट्रपति सी नेपालमा

  • 6
    Shares

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति सी भारतको चेन्नई हुँदै नेपाल आएका हुन्। 

शनिबार
४:५० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान

६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।

६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।

१ः०० बजे
स्वदेश फिर्ता#Xi Jinping

  • 6
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...