32.9 C
Mahendranagar

तटबन्ध बनेपछि राहत

  • 7
    Shares

महेन्द्रनगर,२५ असोज–कञ्चनपुरको भीमदत्त नगरपालिकाको चुरेबाट बग्ने खनिया खोलामा महाकाली सिचाँइ आयोजनाले तटबन्ध निर्माण गरेपछि बाढीको त्रास हटेको छ। यसबाट स्थानीय बासिन्दालाई राहत मिलेको छ। २०२४ सालदेखि भीमदत्त नगरपालिका वडा–३ तिलकपुरस्थित राधाकृष्ण टोलमा बसोबास गर्दै आएका बिर्खे धामीले खोलामा तटबन्ध बनेपछि वर्षौंदेखिको त्रास हटेको बताए। ‘केही वर्षअघि पूरै खोला गाउँ पसेर खेतबारी नोक्सान गरिदियो।’ धामीले विगत सम्झिँदै भने, ‘हामीले ३÷४ वर्ष खेती गर्न नपाएर पनि समस्या झेल्नु पर्‍यो।’

तटबन्ध निमार्णपछि राधाकृष्ण टोल, श्रीकेदार टोल, रौलेश्वर टोल र विष्णु टोलका करिब दुई सय बढी घरपरिवार सुरक्षित भएका छन। भीमदत्त नगरपालिका वडा–३ का अध्यक्ष रामबहादुर जप्रेलले खोलामा तटबन्ध निर्माण भएपछि खोला किनाराका बस्तीलाई राहत पुगेको बताए।

खनिया खोलाको सिरानमा रहेको चुरेमा भू–क्षय र पहिरोको समस्या बढ्दै गएपछि खोलाले विकराल रूप लिन थालेको थियो। पाँच वर्ष पहिला जिल्ला विकास समितिले खोलामा तटबन्ध गरे पनि खोलाको वेगलाई थाम्न सकेन।

‘पुरानो तटबन्ध सबै भत्काइदियो’, धामीले भने, ‘रातभर खोलाको डरले जाग्राम बसिन्थ्यो।’ उनले खोलामा पानीको सतह हेरेर घरमा बस्नुपर्ने बाध्यता रहेको सुनाए। ‘धेरै रात सामुदायिक वनको भवनमा बितायौं’, धामीले भने,‘डरै डरमा रात बित्थ्यो।’ उनले महाकाली सिँचाइ तेस्रो चरणले तटबन्ध निर्माणगरेपछि त्रासबाट मुक्त भएको बताए। स्थानीय निट्ठु ओडले विगतमा खोलाबाट आउने बाढीले धेरै नोक्सान गरे पनि तटबन्धले खोला नै फर्काइदिएको बताए। ‘खोलामा पानीको आवाजले तर्सिन्थ्यौं, अहिलेको तटबन्धले खोलाको धार नै परिवर्तन गरिदिएको छ’, ओडले भने। उनले चुरेफेदबाट बग्ने खहरे खोलको व्यवस्थापन नहुँदा महेन्द्रनगर पनि डुबानको खतरामा रहेको बता।

चुरेको दोहन र अनियन्त्रित उत्खननले भने जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ। खनिया खोलाले भीमदत्त नगरपालिका–३ लाई बढी असर गरेको छ। वडा १ र ७ को केही भू–भागलाई क्षति पुर्‍याउँदै आएको छ। खोलाले विकराल रुप लिन थालेपछि गत आर्थिक वर्षमा महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत दुई चरणमा १० किलोमिटर तटबन्ध गरिएको छ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले दुई चरणमा गरी तटबन्ध निर्माण गरिएको बताए। पहिलो चरणमा चुरेफेदको पहिरोदेखि महाकाली सिँचाइ तेस्रो चरणको मूल नहरसम्म चार किलोमिटर र दोस्रो चरणमा नहरदेखि हाल सञ्चालित (पुरानो नहर) नहरसम्म ६ किलोमिटर तटबन्ध निर्माण गरिएको छ।स्थानीय सरकारले नदीजन्य पदार्थ निश्चित मात्रामा उत्खनन गरी त्यसबापतको केही रकम तटबन्ध संरक्षणमा लगाउन सके दिगो हुने उनको भनाइ छ। तटबन्धसँगै नदी किनारामा वृक्षरोपणगरिएको छ।

  • 7
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...