कञ्चनपुर,२५ असोज
हरेक महिना सेवाग्राहीको घरमा पुगेर मिटर रिडिङ्ग गनुपर्ने विद्युत प्राधिकरणको प्रावधान रहेपनि महेन्द्रनगर वितरण केन्द्रका कर्मचारी भने सेवाग्राहीको घर पुग्दै सकस ठान्छन ।
रिडिङ्ग फाँटमा कर्मचारी अभावको कारण घर–घरमा पुगेर मिटर रिडिङ्ग गर्न समस्या भइरहेको बताएपनि भएका कर्मचारी पनि चार÷छ महिनामा एक पटक मात्रै रिडिङ्गका लागि आउने गरेको विद्युत सेवाग्राहीको गुनासो छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भगतपुरस्थित नवराज भण्डारीको घरमा मिटर रिडिङ्ग नभएको ६ महिना भएको बताए । महिनौ सम्म मिटर रिडिङ्ग नगर्दा महशुल तिर्न समस्या हुने गरेको भण्डारीको गुनसो छ ।
‘मिटर रिडिङ्गका लागि कर्मचारी यहाँ आउदैनन् ।’ भण्डारीले भने–‘विद्युत कार्यालयमा गएर आफैले रिडिङ्ग गराएर महशुल बुझाउनु अवस्था छ ।’ ४÷५ महिनामा रिडिङ्ग गर्न आएपनि अन्दाजी ३ महिनाको अंक हालेर जाने गरेको उनले बताए ।
अन्दाजमा ३ महिना अगाडिको रिडिङ्ग गर्दा कम तिनुपर्ने ठाउँमा बढी रकम तिनुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘विद्युत कार्यालयमा पटर–पटक खबर गरे वास्तै गदैनन् ।’ भण्डारीले भने–‘समयमा मिटर रिडिङ्ग नहुदा सास्ती भएको छ ।’
करिब ५० घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महिना यता मिटर रिडिङ्ग नभएको स्थानीयको भनाई छ ।
विद्युत कर्मचारीले समयमै मिटर रिडिङ्गमा नआउँदा जिल्लाभरी समस्या रहेको छ ।
भगतपुरका स्थानीय भीमराज भण्डारीले तीन महिना यता घरमा मिटर रिडिङ्ग नभएको बताए । उनले विद्युत कर्मचारीहरु मिटर रिडिङ्ग गर्न नआउदा आफै कार्यालय धाउनु परेको बताए ।
‘महशुल बुझाउनै एक दिन लाग्छ ।’ भण्डारीले भने–‘कुनै दिन लाईनमा बस्दाबस्दै समय सकियो भन्दै बन्द गरिदिन्छन ।’ उनले एकै चोटी हजारौ रकम महशुल बुझाउदा व्ययभार थपिएको बताए ।
विद्युत कार्यालयले महशुल बुझाउन ढिला गर्दा २५ प्रतिशत ब्याज लिने गरेको गुनासो सेवाग्राहीको छ ।
विद्युत महशुल बुझाउन पनि सेवाग्राहीले घण्टौ लाईन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनाई छ ।
महशुल बुझाउनको लागि नेपाल विद्युत प्राधीकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीले प्रभावकारी नभएको गुनासो गरेका छन् ।
स्थानीय मदन चन्दले विद्युत महशुल बुझाउन दिनभर लाईन बस्नुपर्ने बाध्यता रहेको बताए । ‘यहाँ दुईटा मात्रै काउन्टर छन् सेवाग्राही धेरै भए ।’ चन्दले भने–‘काउन्टर नथपे सम्म समस्या समाधान हुदैन ।’
महेन्द्रनगर बजार,दोधरा चादनी,झलारी कलुवापुर,कृष्णपुर सम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन् ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महिना मिटर रिडिङ्ग गनुपर्ने प्रावधान रहेपनि केहि ढिलाई दिन हुने गरेको बताए । घरहरु टाढा–टाढा भएको र रुट नमिलेका कारण ढिलाई हुने गरेको उनले बताए ।
‘अहिले रुट मिलान कार्य भइरहेको छ ।’ वितरण केन्द्र प्रमुख चन्दले भने–‘घरको दुरी टाढा हुदाँ समस्या हुने गरेको छ ।’ उनका अनुसार ग्राहक बढी र मिटर रिडिङ्ग गर्ने कर्मचारीको संख्या कम भएकाले ढिलाइ हुने गरेको छ ।
महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङ्गमा ३२ जना कर्मचारी छन् । यस वितरण केन्द्र अन्र्तगत २० एरिया रहेका छन् ।
एउटा रुटमा तीन जना कर्मचारी मिटर रिडिङ्गका लागि जाने गरेको प्रमुख चन्दको भनाई छ । ‘रुट मिलान पछि हरेक महिनामा मिटर रिडिङ्ग हुन्छ ।’ प्रमुख चन्दले भने–‘रुट मिलान गर्न अझै ४÷५ महिना लाग्छ ।’
मिटर रिडिङ्ग गर्न जादैनन् कर्मचारी
- 99Shares

- 99Shares