32.9 C
Mahendranagar

हराउँदै पिङको महत्व

दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर। पछिल्ला दिनहरूमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ ।
केही समय अघिसम्म दसैंको नौरथा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दसैं र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन । विभिन्न प्रविधिको विकास तथा युवा पुस्ता सहर केन्द्रत हुन थालेका कारण पिङको मौलिकता हराउँदै गएको देखिन्छ । “अहिले समय फेरियो । पिङ संस्कृतिलाई हामी भुल्दै गइरहेका छौँ ।” ज्येष्ठ नागरिक रामबहादुर हायूले भने, “पहिले पिङ नहाली दसैं नै आउँदैन थियो । पिङ बाट्न सबैले घरबाट एक–एक मुठ्ठा बाबियो ल्याउँथे । अरू बेला रिसाएका आफन्त छरछिमेक पनि यो बेला मिलेर काम गर्थे ।” ‘रिसाएका र टाँडिएका आफन्तलाई पनि नजिक ल्याउने चाड दसैं पछिल्लो समय खल्लो हुँदै गएको छ,” उनले भने ।
बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएका कारण गाउँघरमा पिङ संस्कृति हराउँदै गएको उनि बताउँछन् । “अहिलेका पुस्ताको खाने, लाउनेतिर मात्र ध्यान छ । चाड पर्व संस्कार, संस्कृति प्रति ध्यानै छैन । उनले भने, “अझै पनि हाम्रा सन्तानलाई मौलिक संस्कृतिप्रति जागरुक बनाएनौं भने पिङ एकादेशको कथामा मात्रै सीमित हुनेछ ।”
एक सय ३ वर्षकी कुमारी सुनुवारलाई हिजोआजको दसैं–दसैं जस्तै लाग्दैन । “खै गाउँ घरमा पिङ नै हाल्दैनन्, कसरी दसैं लाग्नु त ? उनले पहिलेका दिन सम्झदै भनिन्, “पहिले नौरथा लाग्ने बित्तिकै पिङ हालिन्थ्यो । टीकाको दिन धर्ती छोड्न् पर्छ भनेर सबैले लाइन लागेर पिङ खेल्थ्यौं । अहिले त टीका लगाएपछि सकियो दसैं ।” बाबियो सुकाउने र पिङ बाट्ने काममा पाकादेखि युवा र किशोर–किशोरी लाग्थे । आखिर त्यो समयमा गाउँमा मनोरञ्जन भनेकै पिङ संस्कृति थियो ।
उनका अनुसार पहिले किसिम–किसिमका पिङ बनाइन्थ्यो । “ठूला रुखका तेर्सो परेको हाँगामा पिङ । बाँस वा सालका चारवटा लिंगो गाडेर पनि पिङ बनाइन्थ्यो ।” कुमारीले भनिन्, “काठका दुई ठूला खम्बामा फल्याकबाट बनाइएको फनफनी घुम्ने रोंगटे पिङ र जाँते पिङ पनि हुन्थ्यो ।”
दसैंका बेला हालिने पिङ गाउँमा पनि हराउन थालिसकेको छ । केही वर्ष अघिसम्म दसैं आउँदा गाउँमा र चोक–चोकमा देख्न पाइने पिङ अहिले भने त्यती देख्न पाइँदैन ।
दसैंको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ । दसैं लाग्नासाथ गाउँघरमा युवाहरू जम्मा हुने बाबियो काटेर ल्याउने लठ्ठे पिङ राख्ने र बालबालिकादेखि वृद्धवृद्धासम्म दसैंको दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँघरमा अनिवार्य पिङ हाल्ने चलन थियो ।
कतिपय ठाँउहरूमा पिङ भेटिइहाले पनि त्यो बजारका डोरी तथा लठ्ठाका मात्रै हुन्छन् । रमाइलोका लागि बाँसका लिंगोमा डोरी झुन्याउने गरिन्छ । साथै दसैंमा मात्र खेलिने पिङ अहिले सहर बजारमा भने मेला महोत्सवमा राखिन्छ ।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...