32.9 C
Mahendranagar

सरसफाईमा सांसद देखी मन्त्री सम्म

महेन्द्रनगर,१८ असोज
कञ्चनपुरको बेदकोट नगरपालिकाले शनिवार पर्यटकियक्षेत्र शिवलिङ्गगेश्वर धाममा बृहत सरसफाई कार्यक्रम गरेको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरेर नगरपालिकाले बृहत सरसफाईको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा सामाजीक समिति सभापती निरु देवी पालले सरसफाई आफुबाटै सुरुवात गनुपर्ने बताईन । उनले सुदूरपश्चिम प्रदेशमा पर्यटनको ठुलो सम्भावना रहेको बताउदै स्थानीय,प्रदेश र संघिय सरकारले पर्यटकिय क्षेत्रको पूर्वाधार विकासमा जोड दिने बताईन ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले पर्यटन प्रवद्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेपाल भ्रमण वर्षको पूर्व तयारीमा पर्यटकिय क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा महिला तथा सामाजीक समिति सभापती निरु देवी पाल,संघिय सांसद नर वहादुर धामी,सुदूरपश्चिम प्रदेशका वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल,प्रदेश सभा सदस्य लाल वहादुर खड्का,नगर प्रमुख÷उप–प्रमुख क्लिन काष्ठमण्डपका अभियन्ता केपि खनाल गायक टंक तिमिल्सीना,नेपाल आईडल सिजन २ का विजेता रवि ओडको सहभागीता रहेको थियो ।
यस अघि क्लिन काष्ठमण्डपका अभियन्ता केपि खनालको अगुवाइमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका धार्मीक एवम पर्यटकिय क्षेत्रमा सरसफाइ गरिएको थियो ।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...