धनगढी : हिन्दुहरुको महना चाड दशैंको अवसरमा धनगढीमा सागितिक कार्यक्रम हुने भएको छ । असोज १६ गते धनगढीको ओम प्यालेसमा सागितिक कार्यक्रम हुन लागेको हो ।अक्टेम म्युजिक सेन्टरको आयोजनामा स्थानीय कलाकारहरुलाई प्रोत्सहान गर्नका लागि कार्यक्रम गर्न लागेको आयोजक मध्येका एक जना राजु चौधरीले बताए ।
सागितिक कार्यक्रममा कलम रेग्मी नौलो व्याण्ड लिटिल आवाज लगायतका स्थानीय कलाकारको प्रस्तुती रहनेछ । यसक्षेत्रमा आयोजना हुने कार्यक्रममा यसक्षृृेत्रका कलाकाले मञ्च नपाउने र देश दौडाहा भनिएका कार्यक्रम पनि यहाँ नपुग्ने भएकोले दशैंको अवसरमा सागितिक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी भई दिन आयोजकले सवै नगरवासीहरुलाई आग्रह समेत गरेको छ ।