32.9 C
Mahendranagar

सागका लागि छानिए कुस्तीका २० खेलाडीः सुदूरपश्चिमको बर्चस्व

महेन्द्रनगर,१६ असोज –१३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि कुस्तीतर्फका खेलाडी छनौट भएको छ। हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागी ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् ।आगामी मंसिरमा नेपालमा हुने १३ औं सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीहरुको सम्मानजनक सहभागिता रहेको छ ।
हेटौडामा भइरहेको बन्दप्रशिक्षणको क्रममा बुधबार गरिएको अन्तिम खेलाडी छनौटमा भीमदत्तनगरका आठ जना महिला खेलाडी छनौट भएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताउनुभयो ।
“६ जना महिला खेलाडी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै सागमा छनौटमा परे ।” प्रशिक्षक चन्दले भने“अन्य दुई जना महिला खेलाडी विभागिय टिमबाट खेल्दैछन ।”
उनले खेलाडीको नियमित प्रशिक्षण र मेहनतको कारण सागसम्म पुग्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
“यो चार÷पाँच बर्षको मेहनतको फल हो ।” उनले भने“एउटै जिल्लाबाट सागमा यति ठुलो संख्यामा सहभागी हुनु अहिले सम्मकैे इतिहास हो ।”
साग छनौटमा पर्ने महिला खेलाडीहरुमा ५० केजी तौल समुहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा संगिता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री र ६५ किलोतौल समुहमा निरा आउजी रहेको प्रशिक्षक चन्दले बताउनुभयो ।
त्यसैगरी सुदूरपश्चिमकै महिला खेलाडी ६८ किलौतौल समुहकी निर्मला जागरी र ७२ किलो तौल समुहमा छनौट भएकी रेखा रावल नेपाल प्रहरीको विभागिय टिममा छन ।
“निर्मला र रेखा पनि कञ्चनपुरकै उत्पादन हुन ।” प्रशिक्षक चन्दले भने–“नेपाली सेनामा अनुबन्धीत यहाँका पुरुष खेलाडी सुरेश चुनारा पनि ६० किलोतौल समुहमा आगमी सागमा भिडन्तको तयारीमा छन ।”
सागमा महिला र पुरुष गरी दश÷दश तौल समुहका खेलाडीहरु प्रतिस्प्रर्धा गर्ने चन्दको भनाई छ ।
विगत पाँच महिनादेखि सागको बन्द प्रशिक्षणका रहेका ४२ जना मध्ये अन्तिम चनौटमा २२ जना खेलाडी छानिएका छन ।
“२२ मध्ये २० जना प्रतिस्प्रर्धामा उत्रिन्छन ।” उनले भने–“महिलातर्फ पुरै सुदूरपश्चिमको बर्चश्व छ ।”
साग मा ५३ किलोतौल समुहमा भिडन्तको तयारीमा रहेकी शिवाङ्गी दुबे दुई बर्षअघि मात्रै कुस्ती खेलमा आएकी थिईन ।
गत चैतमा भएको आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी उनले आफ्नो तौल समुहमा स्वर्ण जितेपछि शिवाङ्गी चर्चाको पात्र बनेकी थिइन ।
“हामीलाई भारतका खेलाडीहरु नै आगामी सागमा चुनौतीका रुपमा छन ।” साग छनौटमा परेकी शिवाङ्गी भने–“स्वर्ण त भन्दिन्, पदक दिलाउने प्रयत्न गर्दैछु ।”
भारतको गवाहटीमा भएको १२ औं सागमा पहिलो पटक कुस्ती खेल समावेश गरिएको थियो ।
१२ औं सागमा कञ्चनपुरका लिला सिंह, ईश्वरी थापा र लक्ष्मी खत्री सहभागी थिए ।
“सागका लागि महिलातर्फ अहिले सबै नयाँ अनुहार छनौट भएका छन ।” प्रशिक्षक चन्दले भने–“खेलाडीको मेहनत हेर्दा फल पाउने आशा गरेका छौं ।”

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...