32.9 C
Mahendranagar

राजस्वका अधिकांश परिसूचक नकारात्मक

काठमाडौं : आर्थिक वर्ष २०७६/७७ को बजेटपछिको पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘आयात घट्दा घटेको राजस्व आन्तरिक उत्पादनबाट पूर्ति गर्छाैं।’ तर, आर्थिक वर्षको दुई महिनामै आन्तरिकतर्फका राजस्वका परिसूचक नकारात्मक देखिएका छन्।

बढीभन्दा बढी राजस्व उठाउने गरी सरकारकारले लक्ष्य राख्ने गर्छ। स्रोत बढाउन गत वर्षभन्दा राजस्व बढाउने गरी कार्यक्रम तय हुन्छन्। तर, चालु आर्थिक वर्ष सरकारले लक्ष्यअनुसार राजस्व त उठाउन सकेननै, राजस्वका प्रमुख परिसूचकमध्येका अधिकांश नकारात्मक देखिएका छन्।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मूल्य अभिवृद्धि करबाहेकका सबै परिसूचक नकारात्मक छन्। आन्तरिक बिक्रीवितरण, आयव्ययमा लाग्ने करको जिम्मेवार निकाय आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यस अवधिमा ती परिसूचक नकारात्मक छन्।

आयातमुखी अर्थतन्त्रमा आन्तरिकतर्फको राजस्व संकलनमा गिरावट आउनु अर्थतन्त्रका लागि नकारात्मक संकेत भएको अर्थविद् बताउँछन्।

सबैभन्दा बढी गिरावट आयकर शीर्षकका परिसूचकमा देखिएको छ। व्यक्तिगत आयकरतर्फ सबै परिसूचक सकारात्मक देखिए पनि गत वर्षको सोही अवधिको तुलनामा सुस्त देखिएको छ। व्यक्तिगततर्फको व्यक्तिगत आयकर र तलबबापतको राजस्व वृद्धि सुस्त छ। यस अवधिमा कर्पाेरेट पुँजीगत लाभकरमा २४ प्रतिशत गिरावट आएको छ। गत वर्ष सोही अवधिमा सात करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो ८६ प्रतिशत बढी हो। उक्त अवधिमा तीन करोड ७६ लाख रुपैयाँ उठेको थियो।

लाभांश ६७ प्रतिशत कम

दुई महिनामा लाभांश संकलनमा भारी गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक अर्ब लाभांश संकलन गरेको थियो। अघिल्लो आवको सोही अवधिको तुलनामा यो ४०५ प्रतिशत बढी हो। अघिल्लो आवको यस अवधिमा २० करोड रुपैयाँ संकलन भएको थियो।

यसपालि जम्मा ३४ करोड रुपैयाँ मात्रै संकलन भएको छ। यो गत आवको तुलनामा ६७ प्रतिशत कम हो। आर्थिक वर्षको अन्तिममा राजस्वको लक्ष्य बढी देखाउन सरकारले लाभांश बाँड्नु अघिनै तान्ने गरेकाले यस अवधिमा लाभांश कम देखिने गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। उनले भने, ‘आर्थिक वर्षको अन्तमा सरकारलाई राजस्व बढी देखाउनुपर्ने दबाव हुन्छ। त्यसैले अहिले लाभांशबापतको आयकर कम देखिन्छ। ’

अन्तःशुल्कमा धक्का

आन्तरिक उत्पादन तथा बिक्रीबापतको अन्तःशुल्क संकलनमा सरकारलाई धक्का पुगेको छ। मदिरा, बियर तथा अन्य औद्योगिक उत्पादनबापतको अन्तःशुल्क संकलनमा गिरावट आएको छ।

मदिराबापतको अन्तःशुल्क संकलनमा २० प्रतिशत कमी आएको छ। यद्यपि, चुरोट, सुर्ती र बिडीले अन्तःशुल्क संकलन भने सकरात्मक छ। सुर्तीजन्य वस्तुको उत्पादन तथा बिक्रीबापतको अन्तःशुल्क संकलनमा ८९ प्रतिशत वृद्धि भएको छ। तीन अर्ब ६० करोड रुपैयाँ यस्ता वस्तुबापत संकलन भएको विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षमा ७१ प्रतिशतसम्म अन्तःशुल्क संकलनमा वृद्धि गराएको औद्योगिक उत्पादनले यसपाली ७ प्रतिशतले बढेको छ।

भ्याटमा सुधार

मूल्य अभिवृद्धि करमा भने परिसूचक सकारात्मक छन्। उत्पादनतर्फ ३२ प्रतिशतसम्म भ्याट संकलन वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा दुई प्रतिशत मात्रै भ्याट संकलन बढेको थयो। यस्तै बिक्रीवितरणमा पनि ३३ प्रतिशत वृद्धि भएको छ। अन्य शीर्षकमा पनि भ्याट संकलन सकारात्मक देखिएका छन्।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...