32.9 C
Mahendranagar

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी,१६ असोज – नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाट नाका बिहीबारदेखि ३ दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ ९असोज १८ गते० जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुने भएकाले सीमा नाका बन्द हुन लागेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
निर्वाचन सुरक्षा संवेदनशीलता कारण सीमा नाका बन्द गर्ने विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको उनले जानकारी दिए। बिहीबार साँझ सवा ५ बजेदेखि असोज १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा ९पुल० बन्द हुने प्रमुख अधिकारी पौडेलले बताए। उनले भने, ‘भारतीय पक्षको आग्रह अनुसार सीमा नाका तीन दिन बन्द हुनेछ। निर्वाचनको बेला अवाञ्छित क्रियाकलाप नहोऊन् भनेर नाका बन्द गरिएको हो।’
यस्तै अक्टोवर १६ ९असोज २८ गते० मा भारतको धार्चुला जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ। उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाइएको छ।
दसैंकी बेला सीमानाका बन्द भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ। दशैंको लागि घर फर्कनेको सीमा नाकामा घुँइचो लागेको छ। बिरामी तथा अन्य आकस्मिक कामका लागि नाका खोल्नुपरेमा आपसी सहमतिमा खोलिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...