32.9 C
Mahendranagar

खुल्यो डिभी भर्न पासपोर्ट पनि चाहिने

काठमाडौ,१६ असोज –सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ।नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ।आवेदन भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ।
आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमेल अनिवार्य राख्नु पर्नेछ।कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने छ।

अनलाइनबाट नै भर्ने हुँदा कुनै पनि शुल्क लाग्ने छैन।फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्ने छ। आवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फारम भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ, अघिल्लो वर्षको डिभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ।सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ।

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...